मलेसिया थर्कायो प्रमोदको टोलीले

गत साता मलेसियाका विभिन्न स्थानमा आयोजित सांस्कृतिक कार्यक्रमहरूमा पर्याप्त मनोरञ्जन प्रदान गरेर कलाकारहरूको टोली नेपाल  फर्किएको छ। लोकप्रिय गायक प्रमोद खरेलको टिमले मलेसियाका पाँच सहरमा आफ्नो प्रस्तुती दिएको हो। समूहमा नायिका झरना थापा, अनु  शाह, हास्यकलाकारहरू सुरेन्द्र केसी मुलासाग, जोगिन्दर पानवाला, लोकगायिका माण्डवी त्रिपाठी तथा कार्यक्रम सञ्चालक दिनेश डिसी  संलग्न थिए। मलेसियास्थित जिरो माइल इन्टरटेनमेन्टले प्रत्येक दिन क्रमशः क्वालालाम्पुर, जोरबारु, मलक्का, पेनाङ तथा मिरुमा कार्यक्रम  आयोजना गरेको थियो। 'सबै सो हाउसफूल भए' जिरो माइल इन्टरटेनमेन्टका राजेश श्रेष्ठले भने- 'प्रत्येक वर्ष आयोजना हुँदै आएको रिमिक्स  धमाकाको पाँचौं संस्करण ऐतिहासिक भएको छ। नायिका झरना थापासँग प्रमोदले अभिनय गर्दै गीत गाएका थिए। प्रमोद भन्दै थिए, ' प्रशंसकहरूको वान्स मोरले थप उत्साहित बनायो।' नायिका झरना थापाले बाह्रहाते पटुकी आदि गीतमा नृत्य पेस गरिन भने हास्यकलाकार  मुलासाग र जोगिन्दर पानवालाको प्रहसन पनि जमेको थियो। उक्त अवसरमा गायिका माण्डवी त्रिपाठीले सिम्पल सिम्पल कान्छी लगायत  आफ्ना लोकप्रिय गीतहरू सुनाइन् भने नायिका अनु शाहले पनि आकर्षक नृत्य प्रस्तुत गरिन्।

Interviews

fun2visit fun2visit fun2visit fun2visit fun2visit fun2visit